७ श्रावण २०८३, बिहिबार

सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जना, धार्मिक स्थलमा नित्यपुजा गर्न दिइने सरकारको निर्णय



काठमाडौं । सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ । सरकारले मठमन्दीर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।

सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजा÷ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्