७ श्रावण २०८३, बिहिबार

सुन १ सय र चाँदी ५ रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको भाउ उकबालो लागेको छ । यस दिन सुन १ सय र चाँदी ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ५ सय र तेजावि सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो । त्यसैगरी हिजो १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्