नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य, नेपाली युवा उद्यमीहरुले यती एअरलाइन्समा सहुलीयत पाउने
काठमाडौं रनीजि क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायीक सहकार्य भएको छ । सम्झौता सँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारीक एअरलाइन्स बनेको छ ।
यती एअरलाइन्सको कार्यालयमा शक्रुबार आयोजित सम्झौतापत्र हस्ताक्षर काययक्रममा यती एअरलाइन्सका प्रमुख काययकारी अधिकृत (सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदीप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
मञ्चमा आवद्ध सदस्य उद्यमीहरुले यती एअरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा सहुलियत पाउनेछन् । युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरुमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत् यती एअरलाइन्सको गन्तव्यहरुमा सहुलियत प्राप्त गर्न सक्ने, यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायत विषयमा सम्झौता भएको कम्पनिले जनाएको छ ।
कार्यक्रममा यती एअरलाइन्सका सिईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एअरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको उनले बताएका छन् । भविष्यका दिनमा पनि युवा उद्यमीहरुलाई लक्षित गरी थप सहकार्य गर्दै जाने उनले बताएका छन् ।
नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने र देशभरका युवाहरुलाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन् ।













