राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २४९ जनाले रक्तदान गरे
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकुत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ भएको थियो ।
बैंकको केन्द्रीय कार्यालय परिसरमा भएको रक्तदानमा ११२ जनाले रक्तदान गरेका छन् । त्यस्तैगरि बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेका छन् ।
कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।













