हवाई यात्रामा कोरोना परिक्षण अनिवार्य नगरिने
काठमाडौं । आन्तरिक हवाई यात्रामा कोरोना परिक्षण अनिवार्य नगरिने भएको छ । अब हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको हो ।
आज बसेको मन्त्रीपरिषदको बैठकले एन्टीजेन परीक्षण अनिवार्य नगरिएको मौखीक छलपल भएको हो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले हवाई यात्रामा यात्रुहरुले अनिवार्य एन्टिजेट परिक्षण गनुपर्ने गरिएको थियो ।
वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई एक सुचना जारी गदै नयाँ कायम गरिएको स्वास्थय मापदण्डको पालना गर्न गराउन निर्देशन दिएको छ ।
नयाँ निर्णय अनुसार यात्रुसँग खोप कार्ड अनिवार्य हुनुपर्ने छ । यदि साथमा खोप कार्ड नभए मोवाइलमा फोटो देखाउन पनि सक्ने छन् । त्यसैगरि हवाई कम्पनिहरुले हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था गरेको हुनुपर्ने छ ।
प्रत्येक उडानपछि हवाई जहाज र व्यागेज निसंङ्ग्क्रमित गर्नुे पर्ने छ । त्यसैगरी चेक(इन बोडिङ्ग, व्यागेज क्लेन गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यको मापदण्ड लागु गर्नुे पर्ने छ ।














