८ श्रावण २०८३, शुक्रबार

छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् । लघुवित्तको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको हो ।

लघुवित्तका निवर्तमान अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते सकिएपछि अध्यक्षमा सञ्चालक रामचन्द्र जोशीलाई चयन गरिएको हो ।

यसअघि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी रामचन्द्र जोशीलाई संचालकमा नियुक्त गरेको थियो । गत पौष २२ गते बसेको संचालक समितिको बैठकले जोशीलाई संचालकमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्