त्रिविका परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित भएका छन् । त्रिविले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमण बढ्दै गएपछि त्रिविका परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।














