कोभिड भ्याक्सिनको डबल डोज लगाएकालाई निःशुल्क लगानी व्यवस्थापन सेवा
काठमाडौं । एन आई सी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाईसकेका नेपाली नागरिकहरुलाई २०७८ साल माघ ७ गतेदेखि मिति २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ । विशेष गरी यो योजना कोभिड भ्याक्सिनको डबल डोज लगाई स्वास्थ सतर्कता अपनाएका तथा डबल डोज लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ संचालनमा ल्याइएको हो ।
यस योजना अन्तर्गत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा लिदा पहिलो वर्ष निःशुल्क रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निणर्य लिने व्यहोरा समेत जानकारी गराइन्छ ।
पछिल्लो समयमा पूनः कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रुपमा बसी अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।
उक्त लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंक https://www.nicasiacapital.com/book-an-appointment मा क्लिक गरि Virtual Meeting को लागि समय बुक गर्न सक्नुहुने छ । सोझै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि यो लिंकमा https://portfolio.nicasiacapital.com/Global/Account/Login मा क्लिक गरि रितपूर्वक आवश्यक विवरण/कागजातहरु अपलोड गर्नु पर्ने छ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ वा इमेल ठेगाना [email protected]मा सम्पर्क गर्न सकिनेछ ।













