२१ भदौ २०८३, आइतबार

मेगा बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध



काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बेंक र गण्डकी विकास बैंकका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि बुझिनलिएकोले लिन अनुरोध गरेको हो ।

यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार मेगा क्यापिटलमा सम्र्पक गरी लाभांश भुक्तानी लिन सक्नेछन् ।

सो अवधिभित्र लाभांश रकम लिन नआएमा पाँच वर्ष पूरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी गराएको छ ।