धनगढीमा पहिलो पटक इलेक्ट्रिक गाडीको चार्जर स्टेशन स्थापना - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

धनगढीमा पहिलो पटक इलेक्ट्रिक गाडीको चार्जर स्टेशन स्थापना



काठमाडौं । धनगढीमा इलेक्ट्रिक गाडीको चार्जर स्टेशन स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशको होन्डाइ कम्पनीको आधिकारिक बिक्रेता दिनेश फोरह्विल्सले पहिलो पटक स्टेशन स्थापना गरेको हो।

सोमबार डिभोटी होटेलमा उक्त चार्जर स्टेशन स्थापना गरिएको दिनेश फोरह्विल्सका म्यानेजर दिपेन्द्र ओझाले बताए। उनले पछिल्लो समय इलेक्ट्रिक गाडीको माग र प्रयोग बढीरहेको बताउँदै स्टेशनबाट सेवाग्राहीले सहज सेवा लिन पाउने बताए।

सुदूरपश्चिमै पहिलोपटक उक्त स्टेशन स्थापना गरिएको हो। यस्तै होन्डाइ कम्पनीका गाडीहरुका लागि निशुल्क चार्जिङ र अरु कम्पनीका गाडीहरुका लागि भने शुल्क लाग्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्