सुनको मुल्य तोलामा ४०० सयले बढ्यो
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बुधबार तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य पनि ४०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । सोबार सुनको भाउ ५०० रुपैयाँले बढ्दा ताँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।













