८ श्रावण २०८३, शुक्रबार

भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड नाघ्यो



एजेन्सी । भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड नाघेको जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सँगै कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसै अवधीमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्