८ श्रावण २०८३, शुक्रबार

अनलाईन हाजिरीजवाफ प्रतियोगिताको लागि आवेदनको घोषणा



काठमाडौं । ग्लोकल आफ्टर स्कुलले अपेक्स “Apex” कलेजको सहकार्यमा Knowledge Maestro- Online Live Quiz एक दिने अनलाईन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्न लागेको छ । प्रतियोगितामा १६– २४ बर्षका युवावर्गहरुले निशुल्क प्रतिस्प्रदा गर्नेछन र यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो । विगतका दिनहरूमा Knowledge Maestro को ४ संस्करणहरू सफलता पूर्वक आयोजना गरिएको थियो ।

यस प्रतियोगिता फेब्रुअरी १२ तारिकका दिन एकल राउण्डमा सन्चालन गरिनेछ । प्रतियोगिता २ फरक बिधामा सन्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ । दुबै बिधामा आवेदन खुलेको कुरा आयोजकले जानकारी दिएको छ र दुबै बिधा प्रतियोगिताका बिजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिस्पर्धा मापदण्ड :
– प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनु पर्नेछ ।
-सबै प्रतियोगी संग २ उपकरण हुनुपर्नेछ (प्राथमिकतास् ल्यापटप, मोबाइल)
– सहभागीहरू सँग नेटवर्क जडान हुनुपर्दछ र यदि क्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार हुनेछैन ।

प्रतियोगिताका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक प्रतियोगीहरुले https://glocalafterschool.com/knowledge-maestro-2022 मा दर्ता गराउनू पर्ने छ । आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य बिधाको आवेदन भर्ने अन्तिम मिती क्रमशः फेब्रुअरी ११ तथा १० निर्धारणा गरिएको छ ।

प्रतियोगिताको बारेमा अधिक प्रश्नहरूको लागि, कृपया सम्पर्क गर्नुहोस्स् सरु प्याकुरेल,९८०७४४०८९५


प्रतिक्रिया दिनुहोस्