८ श्रावण २०८३, शुक्रबार

नेपाली बजारमा सुनको भाउ निरन्तर घट्दै



काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ। हिजो तोलामा ९ सयले घटेको सुन आज पनि सोही मूल्य बराबर घटेको छ।

सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य पनि ९ सयले नै घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य तोलामा २५ रूपैयाँले घटेको छ। आज चाँदी १२ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्