८ श्रावण २०८३, शुक्रबार

फेरी घट्यो सुनचाँदीको भाउ, प्रत्तितोला कति ?



काठमाडौं । सुनचाँदीको भाउ घटेको छ र साताको पहिलो दिन आज आइतबार पनि सुन ४ सय र चाँदी १५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलामा ४ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन ९१ हजार ७ सय र चाँदी प्रत्तितोला १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुन प्रत्तितोला ९२ हजार ६ सय र तेजावि सुन ९२ हजार १ सय तथा चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्