२३ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, निको हुनेको संख्या बढ्दै



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या नेपालमा ९ लाख ५० हजार ९३२ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ हजार ७३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ८ लाख ५४ हजार ७०७ जना पुगेका छन् । आज देशभरी ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।