सुनको मुल्य तोलामा एक सयले बढ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य तोलामा एक सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा मंगलबार तोलामा एक सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४० रुपैयाँमा कारोबार भएकोमा आ पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्