पनौतीका १३५ जना किसानलाई भैंसी सुत्केरी भत्ता वितरण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पनौतीका १३५ जना किसानलाई भैंसी सुत्केरी भत्ता वितरण



काठमाडौं । पनौती नगरपालिकाले भैंसी सुत्केरी भत्ता वितरण गरेको छ। १३५ जना किसानलाई भैंसी सुत्केरी भत्ता वितरण गरिएको हो। नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले आर्थिक वर्ष २०७८/७९ को भैंसी सुत्केरी भत्ता कार्यक्रमअन्तर्गतको दोस्रो किस्ता वापतको ६ लाख ३५ हजार रुपौयाँ वितरण गरिएको जनाइएको ।

नगरप्रमुख भीम न्यौपानेले पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भनी भैंसी सुत्केरी भत्ता कार्यक्रम ल्याएको बताए।

सुत्केरी भत्ता बाषतको रकमबाट भैंसीलाई पोषणयुक्त भिटामिनलगायतका पोषिलो दाना खुवाउन सहयोग पुगेको किसानहरूले बताए। पशु सुत्केरी भत्ताले किसानलाई पशुपालन व्यवसायमा हौसला मिलेको उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्