सुनको मुल्य तोलामा ५०० सयले बढ्यो, चाँदीको मुल्य स्थिर
काठमाडौं । सुनको मूल्य बिहीबार नेपाली बजारमा बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजावी सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार सुनको मूल्य बढेपनि चाँदी स्थीर बनेको छ । आज नेपाली बजारमा चाँदीको भाउ तोलामा १ हजार २५५ रुपैयाँ कायम गरिएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार पनि सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले वृद्धि भएर कारोबार भएको थियो ।
















