प्रतिमा बिसर्जन गर्ने क्रममा भएको घटनाप्रति विश्व हिन्दु परिषदको आपत्ति, कारवाहीको दायरामा ल्याउन माग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रतिमा बिसर्जन गर्ने क्रममा भएको घटनाप्रति विश्व हिन्दु परिषदको आपत्ति, कारवाहीको दायरामा ल्याउन माग



काठमाडौं । विश्व हिन्दु परिषद्ले सरस्वती प्रतिमा बिसर्जनको क्रममा भएको घटनाप्रति गम्भिर ध्यानकार्षण भएको जनाएको छ । माघ २४ गते रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मीनिया टोलमा सरस्वती प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि भएको आक्रमणको घटनाप्रति विश्व हिन्दु परिषद्ले घोर भत्र्सनासहित गम्भीर ध्यानकार्षण भएको जनाएको हो ।
मस्जिदको बाटो भएर यात्रा लगेको निहुमा आतंकारी एवंम अपराधी मानसिकता भएका तत्वहरुद्वारा घटाइएको आरोप परिषदले लगाएको छ ।

मुस्लिम समुदाय, सुरक्षामा खटिएका प्रहरी, प्रतिमा र हिन्दुमाथी गालीगलौज सहित ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानियहरु समेत गम्भीर घाइते भएका थिए । महिला तथा बालबालिका समेतलाई लक्षित गरी सरस्वती माताको प्रतिमामाथि मुस्लिमहरुद्वारा गरिएको ढुङ्गामुढा–चप्पल, जुता प्रहारको घटनाले सम्पुर्ण सनातन हिन्दु समाजलाई आहत एवंम आक्रोशित बनाएको परिषदले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सनातन हिन्दु धर्मलाई समाप्त पार्ने मनशायले हिन्दु विरोधीहरु सक्रिय रहेकाले यस्ता हिन्दु विरोधी तत्वहरुलाई निरुत्साहित पार्न सबै संगठित भई अगाडी बढ्न साथै आपसी एकता कायम राख्दै अपराधीहरुलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न समेत माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्