इमर्जिङ्ग नेपालको आईपीओमा ५४ गुणा आवेदन पर्याे
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा अन्तिम दिन ५४ गुणा बढी आवेदन परेको छ । आइतबारसम्ममा कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ अर्ब ७८ करोड ३५ लाख ४२ हजार २७८ रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको हो । यो माग गरेको भन्दा ५३.८७ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले माघ २६ गतेदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सयकित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको थियो ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।













