नगर विकास कोष ३४ औं वर्षमा प्रवेश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नगर विकास कोष ३४ औं वर्षमा प्रवेश



काठमाडौँ । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको नगर विकास कोष आजबाट ३४ औं वर्षमा प्रवेश गरेको छ ।

कोषको ३४ औं वार्षिकोत्सबको अवसरमा शहरी विकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यमा कोषको ऋण तथा अनुदान सहयोगमा सञ्चालित नगरपालिका र खानेपानी तथा सरसफाई उपभोक्त संस्थाहरु मध्य उत्कृष्टलाई सेवाग्राहीलाई सम्मान गर्न लागिएको कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले जानकारी दिए।

सन्तुलीत शहरी पुर्वाधार विकास , वातावरणमैत्री पुर्वाधार र व्यवस्थित शहर निर्माणतर्फ कोषको उदेश्य अनुरुप व्यावसायिक योजना तथा कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा अघि बढाउन प्रतिवद्धता रहेको कोषले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्