युनाइटेड मोदी हाइड्रोपावरले डाक्यो फागुन २६ मा साधारण सभा
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले फागुन २६ गते साधारण सभा बोलाएको छ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गर्दैछ । फागुन ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।













