थप ८ जना कोरोना संक्रमितको मृत्यु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप ८ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ– आज थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् ।

६ हजार २७९ जनाको पीसीआर परीक्षण र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरेको हो ।

सोही अवधिमा २ हजार ३१९ जना कोरोना सक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस्