प्रेम दिवस - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रेम दिवस



सुशिला लामिछाने

समयसँगै खाटो बस्दै गएका घाउँहरु चिरा परेको छ ,आज यत्रतत्र रुपमा प्रेम दिवसको चर्चा चलिरहदा मेरो मनमा आधीहुरी नचलेको होइन, तै पनि मैले तिमीलाई केही भन्न चाहिन प्रिय । मेसेज बक्स पुगेर टाईप गरेकी थिए हेप्पी भ्यालेनटाइन डे भनेर तर पठाउन सकिन र हटाए ।

हुन त प्रेम न सुन्ने कुरा नै हो, न भन्ने कुरा न लेख्ने कुरा नै हो, प्रेम त केवल महसुुस गर्ने कुरा न हो । तिमीसँग प्रेम भएदेखि शब्दहरु मौन छन् र प्रेमले संवाद गरिरहेछन् ।

तिमीलाइ नै थाहा नै छ प्रिय आफुलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्यन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएका थिए । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । सन् २६९ को फेबु्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेनटाइनको प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक बर्ष १४ फेबु्रअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ ।

तिमीलाई भेटेर रातो गुलाफको फुल हातमा दिदैं, तिम्रो अघि घुडाँ टेकेर तिम्रो लागि मनभरी गुम्सियका कुराहरु तिमीलाई नै सुनाउन मन थियोे तर बिडम्बना न तिमीसँग भेट भयो न त मनका कुराहरु नै तिमीलाई सुनाउन नै सकियो ।

कल्पना गरे मनमनै कि कास आज पनि हाम्रो पहिलेको झै कुराकानी हुन्थ्यो भने, बिहान उठेपछि गुड मनिङ र साँझको गुड नाईटको बिचमा हुने एकअर्काको केयरहरु अनि पलपलको संवादहरु हुन्थ्यो भने, १२ बजेको अर्लाम राखेर अर्लामको धुनसँगै लेख्ने थिए मनभरीका कुराहरु अनि सबेै भन्दा पहिले पठाउने थिए ‘हेप्पी भ्यालेनटाइन डे साने’ भनेर ।

दुरी र मजबुरीले थला परेको यो निरीह मन पलपल तिमीलाई सम्झिएर पनि भन्न सक्दैन अनि भन्न पाँउदैन तिम्रो सम्झनामा टोलाउनुबाहेक अरु केही गर्न सक्दैन बिचरा यो मनले । थाहा छैन पहिला प्रविधि नहुँदा मानिसहरुले प्रेम कसरी व्यक्त गर्थे होला आज प्रविधि भएर पनि मैले तिमीलाई मनका कुराहरु भन्न सकिन । प्रेम दिवसको सुभकामना प्रिय तिमीलाई ।

हेर न म आजकल मनका कुराहरु मनभित्रनै उकुसमुकुस बनाएर राखिराखेको छु । भलै विपनामा तिमीले मेरा कुराहरु सुन्न मन नगरर्लाउ तर सपनामा भएपनि आज मेरो कुरा सुनिदेउ न है रु तिमीसंग संवाद टुट्न थालेको दिनदेखि पुरै दिनहरु खल्लो भएका छन्, थाहा छैन तिमी कुन बाध्यतामा पर्यौ कि यसरी सम्पर्क विहिन हुनुपर्ने गरी, कुनै विवाद नभई कुनै खबर नगरी टाडा भएको मेरो मनको मान्छेलाइ आज खुबै धेरै सम्झनाका लहरहरु सम्प्रेषण गर्न चाहन्छु ।

हरेक कुराहरुको अभावमा पनि बाँचिरहने यो प्रेम मैले चाहेर पनि मार्न सकिराखेकी छैन । तिमीलाइ कुनै दवाव दिन चाहेको पनि होइन तर गुम्सिरहेका मनका गुनासोहरु पोखिदिन मन लाग्यो आज , त्यसैले अन्तिम एउटा शब्दको उपहार तिमीलाई प्रेम दिवसको सुभकामना साने ।


प्रतिक्रिया दिनुहोस्