दोल्ती पावरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेड आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको हो ।
दोल्ती पावर कम्पनीका संचालक सौरभ अर्जेल र एनआईसी एशिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणमा साधारण शेयर निष्काशन तथा बिक्री गर्ने तयारी रहेको छ ।
















