राष्ट्र उत्थान लघुवित्तको आईपीओ तपाईलाई पर्याे की ? यी ४ तरिकाबाट हेर्न सकिन्छ ! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

राष्ट्र उत्थान लघुवित्तको आईपीओ तपाईलाई पर्याे की ? यी ४ तरिकाबाट हेर्न सकिन्छ !



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आज बिहीबार ३ बजे क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । आईपीओको लक्की नम्बर ६ रहेको छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जना आवेदन परेको थियो । क्यापिटलका अनुसार ६९ हजार ५३० जनाको आवेदन रद्द भएको छ भने २५ लाख ७९ हजार ४०२ जना आवेदकको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता शेयर मात्रै योग्य रहेको छ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाउने छन् । बाँकी आवेदनकको हात रित्तो भएको छ ।

लघुवित्तको आईपीको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिन्छ । लघुवित्तको आईपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङ्गको मेरो शेयरको वेवासइट https://meroshare.cdsc.com.np/#/login, सीडीएसले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट  https://iporesult.cdsc.com.np/, लघुवित्तको वेवसाइट http://www.rulbsl.com/ र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइट https://www.niblcapital.com/ बाट हेर्न हेर्न सकिन्छ ।

आईपीओको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला

https://meroshare.cdsc.com.np/#/login,

https://iporesult.cdsc.com.np/

http://www.rulbsl.com/

https://www.niblcapital.com/


प्रतिक्रिया दिनुहोस्