ग्लोबल आइएमईमा ठूलो संख्यामा कर्मचारी आवश्कता, एसईईले पनि आवेदन दिन पाउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल आइएमईमा ठूलो संख्यामा कर्मचारी आवश्कता, एसईईले पनि आवेदन दिन पाउने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले विभागीय प्रमुख (सूचना प्रविधि, कानुन, योजना), प्रदेश प्रमुख, अनगमन अधिकृत, शाखा अधिकृत र वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, व्यवस्थापन, प्रशिक्षार्थी र प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

ग्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुले हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित विज्ञापन प्रकाशित भएको मितिले १५ दिन (फागुन २० गते) भित्र www.gilb.com.np मा गएर आवेदन दिन सकिनेछ । छनौट सूचीमा परेका उम्मेद्वारहरुलाई मात्र टेलिफोन मार्फत परीक्षा केन्द्र, लिखित परीक्षा तथा अन्र्तवार्ताको बारेमा जानकारी गराईनेछ ।


प्रतिक्रिया दिनुहोस्