नारी दिवसको उपलक्ष्यमा सिटि स्पेशियालिटी हेल्थ क्लिनिकले स्वास्थ्य जाँचमा विशेष छुट दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नारी दिवसको उपलक्ष्यमा सिटि स्पेशियालिटी हेल्थ क्लिनिकले स्वास्थ्य जाँचमा विशेष छुट दिने



काठमाण्डौ । विश्व नारी दिवसको अवसरमा ललितपुरको चापागाँउ दोबाटो (सातदोबाटो) स्थित सिटि स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ।

क्लिनिकले ओ पि डी निःशुल्क, ल्याब जाँच ३० प्रशित छुट, अल्ट्रासाउंडमा ३० प्रतिशत छुट, ईसीजी ३० प्रतिशत छुट, औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो।

नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुबैलाई छुट दिइने क्लिनिकका प्रमुख डा. सुमन सिम्खडाले जानकारी दिए।

साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ्य् याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सुविधा उपलब्ध गराउने हो ।


प्रतिक्रिया दिनुहोस्