बलेफी हाइड्रोपावरको आईपीओका आवेदकले न्युनतम १५० कित्ता सेयर पाउने, ११ हजार ७१३ जनाले दिए आवेदन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बलेफी हाइड्रोपावरको आईपीओका आवेदकले न्युनतम १५० कित्ता सेयर पाउने, ११ हजार ७१३ जनाले दिए आवेदन



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन विहिबार कार्यलय समय पछि बन्द भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ११ हजार ७ सय १३ जना आवेदकले २८ करोड २५ लाख ५८ हजार रूपैयाँ बराबरको २८ लाख २५ हजार ५ सय ८१ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले माग गरेको सेयर संख्या र परेको आवेदनका आधारमा कम्पनीको आईपीओमा आवेदन गर्ने हरेक आवेदकले करिब १५५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्