१० श्रावण २०८३, आइतबार

खातामा पैसा नहुँदा पनि ९ लाखको चेक काट्ने एक व्यक्ति पक्राउ

खातामा पैसा नहुँदा पनि ९ लाखको चेक काट्ने एक व्यक्ति पक्राउ



काठमाडौं । खातामा पर्याप्त रकम नहुँदा पनि ९ लाख रुपैयाँको चेक काट्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोलका ३३ वर्षीय अरविन्दकुमार जैसवाल छन्।

पर्याप्त रकम नभएको भन्दै चेक नसाटिएपछि उनीविरुद्ध मुदा दायर भएको थियो। उक्त बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १४ गते उनलाई ९ लाख रुपैयाँ जरिवाना र २ दिनको कैद सजाय सुनाएको थियो।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले कपनबाट आइतबार पक्राउ गरेको हो। उनले खातामा रकम नहुँदासमेत प्रभु बैंक लिमिटेडको कपन शाखामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी ९ लाखको चेक काटेका थिए।