करेन्ट चिज एण्ड बटर र करेन्ट मशरुम नुडल्स स्वादको चाउचाउ र चिज बल्स सार्वजनिक
करेन्ट चिज एण्ड बटर र करेन्ट मशरुम नुडल्स स्वादको चाउचाउ र चिज बल्स सार्वजनिक
काठमाडौं । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नया चाउचाउ र चिज बल्स पस्कने भएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो ।
कार्यक्रम मार्फत उद्योगले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।
सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ भने यसको प्रति पिसको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ । साथै फेमीली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सोहि कार्यक्रमका विच सार्वजनीक भएको छ । सोही कार्यक्रमकै माध्यमबाट चिज बल्स पारखीका लागि चिज बल्स अन्तर्गत चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ ।
विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै न १ ब्राण्ड बनिसकेको छ । उपभोक्ताको पहिलो रोजाईमा यशोदा फुड्सका उत्पादन रहेको र सोही अनुसार नविनतम स्वादका ब्रान्डहरु पस्कीने अवशर प्रदान गरेकोमा समस्त उपभोक्तालाई धन्यबाद ज्ञापन गरीएको थियो ।
नेपालमा मात्र नभई भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याईरहेको उद्योगबाट जारी विज्ञप्तीमा जनाइएको छ ।
साना तथा मझौला उद्योगदेखि आफ्नो ब्यवसायीक यात्रा शुरु गरेको यशोदा ग्रुपको यात्रा मसला, चियापत्ती, चाउचाउ, हाउजिंग, होटल, फिल्म, सेवा सम्म पुग्दै नेपालकै उच्च व्यवसायीक समुहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको, ३५०० भन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको उद्योगले जनाएको छ ।
आफ्ना उत्पादनहरु मा उपभोक्ताको सहज पहुँचका लागि कम्पनीले १५० भन्दा बढी डिलरहरुको सञ्जाल विस्तार गरेको, कृषकहरुको आर्थिक आय आर्जनमा मद्दत पुर्याउने उद्देश्य लिएर उद्योगले स्वदेशमै कृषि कार्य गरी रहेका स्थानीय कृषकहरुबाट उत्पादीत अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, अदुवा, बेसार लगाएतका कृषिजन्य उत्पादनहरु उद्योगका कच्चा पदार्थको रुपमा प्रयोग गरी किसानहरुलाई समेत हौसला प्रदान गर्ने गरेको र कोरोना महामारी जस्तो प्रतिकुल समयका पनि उद्योगसँग आवद्ध कोही पनि कामदारहरु बेरोजगार हुनु नपरेको समेत उद्योगले जनाएको छ ।













