वैदेशिक शिक्षाको लागि सहज यात्रा
वैदेशिक शिक्षाको लागि सहज यात्रा
काठमाडौं । सर्च एजुकेशन नेपालले विधार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विधुतिय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।
यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा searcheducation.com मार्फत उपलब्ध हुनेछ । यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउनेछ । यस एपको प्रयोगले बिधार्थी हरुलाई निम्न फाइदा हुने विश्वास सर्च एजुकेशन नेपालले लिएको छ ।
● कोर्सहरू खोज: विभिन्न कलेज र युनिभर्सिटिहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ।
● कोर्सहरू तुलनाः सर्टलिस्ट गरिएका कोर्सहरू मध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सकिने छ ।
● कोर्सहरूको लागि आवेदन: कोर्सबारे निर्णय गरेपछि, यस पोर्टल मार्फत आफुलाई मनपर्ने कलेज र युनिभर्सिटिहरुमा अनलाइन मार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने छ ।
● विशेषज्ञ काउन्सलर द्धारा सहायता प्राप्त गर्न सकिने: आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पुर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सके पछि Offer Lette पठाए पश्चात विद्यार्थीले उक्त Offer Lette स्वीकार गने र अन्य प्रकृयाहरु सु्रु गर्न सकिने छ ।
उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदि बारे आबश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ ।
यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ ।
सर्च एजुकेशन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालयहरू विस्तार गरेको छ ।













