ओलीले आफूनिकट पत्रकारसामु भने ‘एमसीसी र अर्थतन्त्र धारासायी हुँदा ठुला मिडिया दुला पसे’
काठमाडौं । पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र डावाडोल हुँदा ठुला मिडियाले केही नबोलेको बताएका छन् । बुधबार विहान एमाले निकट प्रेस चौतारीको नऔं महाधिवेसनबाट सर्वसम्मत निर्वाचित पदाधीकारीसंगको भेटमा ओलीले अर्थतन्त्र इतिहाँसमै कमजोर हुँदा ठुला मिडिया चुप लागेर सरकारको समर्थन गरेको आरोप लगाए ।
ओलीले सुरुमा एमसीसीको विरोधमा उत्रिएका मिडिया पछि चुप लागेको बताए । दलका नेताले एमसीसीको विरोधमा कार्यकर्तालाई सडक भत्काउन मात्रै लगाएनन् रेलिङ भाच्नसमेत लगाएको आरोप लगाए । माओवादी र एकिकृत समाजवादीका नेताले एमसीसी जस्ताको जस्तै पास गर्न ५/६ महिना कुर्न आग्रह गरेको बताए । एमसीसीको पैसाले मिडिया पनि चुप लागको ओलीको आरोप थियो ।
‘हामी सरकारमा हुँदा सबै खत्तम भयो भन्ने ठुला मिडिया अहिले देशको हालत यस्तो अवस्तामा हुँदा किन दुला पसे ?’ भनेर प्रश्न गरे । ओलीले वर्तमान सरकार भ्रष्टचारमा लिप्त हुँदा देशको अर्थतन्त्र डावाडोल भएको बताए ।
सरकारले पैसा पठायो २४ लाख डोेज खोप बेपत्ता बनायो । स्वास्थ्य मन्त्रीले अघिललो सरकारकै पालामा एक डोज खोपको ५ हजार तिरेर लगाएको झुटो बोलेर भ्रष्टचार गरिरहेका छन् । ओलीको आरोप थियो ।
अहिले न्यायलय पनि सेटिङमा चलेको बताएका छन् । असार २८ गतेको फैसल्ला गराउन बस्दिन भन्ने न्यायधिसलाई ल्याएर आफु अनुकुल फैसल्ला गराइएको बताएका छन् ।













