एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम पोखरामा
एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम पोखरामा
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । क्यापिटलले चैत्र ४ गते गण्डकी प्रदेशको पोखरामा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेको थिए । साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका थिए ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि प्रदेश स्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो ।













