कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि
कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।
बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने जनाएको छ ।













