पियारीका गायकको अर्को गीत रुप्स्या काली सार्वजनिक (भिडिओसहित)
पियारीका गायकको अर्को गीत रुप्स्या काली सार्वजनिक (भिडिओसहित)
काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत ‘रुप्स्या काली’ सार्वजनिक भएको छ ।
सोमबार गायक शाहीको आफ्नै युट्युब च्यानलबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो ।
लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन छ । सुदूर र मध्यपश्चिमका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ ।
आफैँले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनि सम्पादन छ ।
गीतको भिडिओमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको अभिनय हेर्न सकिन्छ ।
बसन्त कुवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडिओ मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो ।
सहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडिओ निर्देशन गौरव गिरीले गरेका हुन् । यसअघि जोसेफले गाएको देउडा शैलीको गीत ‘पियारी’ चौतर्फी निक्कै रुचाइएको थियो । लोक शैलीको रोमान्टिक गीत ‘रुप्स्या काली’लाई पनि आम श्रोता–दर्शकले मन पराउने अपेक्षा लिएको गायक शाहीले बताए ।













