ग्रीन भेन्चर्सको आईपीओमा साढे २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ग्रीन भेन्चर्सको आईपीओमा साढे २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा अन्तिम तेस्रो दिन ९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ६ बजेसम्म कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६३१ जना आवेदकले २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ९.०२२ गुणा बढी हो ।

कम्पनीले चैत ८ गते मंगलबारदेखि निष्काशन ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने समय आज (चैत ११ गते) सकिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्