ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट सम्पन्न, कतिले पाए आईपीओ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट सम्पन्न, कतिले पाए आईपीओ ?



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आइतबार बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै सदर भएको छ । जसमध्ये २ लाख ८७ हजारले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलप्रथा विधिबाट बाँडफाँट गरिएको हो। गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ८७ हजार ५ सय जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्