तपाईलाई ग्रीन भेन्चर्सको आईपीओ पर्यो कि ? यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आइतबार बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै सदर भएको छ । जसमध्ये २ लाख ८७ हजारले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलप्रथा विधिबाट बाँडफाँट गरिएको हो। गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ८७ हजार ५ सय जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका हुन् ।
कसरी हेर्ने रिजल्ट ?
कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भैसकेपछि विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे https://iporesult.cdsc.com.np/ वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट https://laxmicapital.com.np/IPO_Result.aspx, ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट https://greenventuresnepal.com/ र मेराे शेयर https://meroshare.cdsc.com.np/#/login मा गएर हेर्न सकिन्छ ।
https://iporesult.cdsc.com.np/
https://laxmicapital.com.np/IPO_Result.aspx













