रिभर फल्स पावरको आईपीओ आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रिभर फल्स पावरको आईपीओ आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ आज (चैत २७ गते, आइतबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्