बलेफी हाइड्रोको आईपीओको ओपनिङ रेञ्ज ९३.६४ रुपैयाँदेखि २८०.९२ रुपैयाँ !
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ गत चैत्र २९ गते नै बाँडफाँट सम्पन्न भईसकेको छ । कम्पनीको आईपीओमा २१ लाख ७१ हजार ७४० जना आवेदकको २ करोड ४४ लाख ७१० कित्ताका लागि आवेदन परेकोमा २१ लाख ६८ हजार १ सय जना आवेदकले २ करोड ४३ लाख ५८ हजार ५१० कित्ता मात्रै भेरिफाई भएको थियो भने ३ हजार ६४० जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीको आईपीआ १ लाख ६६ हजार ३४५ जनाले मात्रै पाएका छन् । बाँकी ३ जनाले ११ कित्ताका दरले आईपीओ हात पारेका छन् ।
कम्पनीले चैत १६ गते बुधबारदेखि चैत्र २१ गते सोमबारसम्म १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।
कम्पनीको आईपीओ केही दिनपछि मात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने छ । नेप्सेले कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९३ रुपैयाँ ६४ पैसादेखि २८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज तोक्न सक्ने सम्भावना देदिन्छ ।
कम्पनीको आर्थिक वर्ष २०७७–७८ को प्रतिशेयर नेटवर्थ ९३ रूपैयाँ ६४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थका आधारमा नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।














