सुन तोलामा चार सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन १ लाख २ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छावापाला सुनको मूल्य प्रतितोला १ हजार २ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













