जेठ १ गतेदेखि लागू हुने गरी २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार (बैशाख १२ गते) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।












