अपि पावरको १ अर्ब ८ करोड ६० लाख रुपैयाँको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरको १ अर्ब ८ करोड ६० लाख रुपैयाँको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत २५ गते शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरिएको कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज बैशाख १५ गते बिहीबार अन्तिम दिन हो ।

कम्पनीले चैत्र २५ गतेदेखि हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हकप्रद शेयरमा आज बैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ । यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते शेयर दाखिला खारेजी गर्ने निर्णय गरेको थियो । त्यसैले, चैत १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा शेयरमा आवेदन दिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्