पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीः पेट्रोल ५.१८ रुपैयाँ बढ्दा एलपी ग्यासमा प्रतिसिलिण्डर १०५०.१८ रुपैयाँ घाटा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीः पेट्रोल ५.१८ रुपैयाँ बढ्दा एलपी ग्यासमा प्रतिसिलिण्डर १०५०.१८ रुपैयाँ घाटा



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ । भारतबाट मूल्य बढेर आउँदा निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड रुपैयाँ घाटा हुनेछ ।

नयाँ खरिद लागत मूल्य प्रतिलिटर पेट्रोलमा २३.०२ रुपैयाँ घाटा, डिजेलमा ४०.१३ रुपैयाँ घाटा, मट्टितेलमा २.१८ रुपैयाँ नाफा हवाइ इन्धन (आन्तरिक तर्फ) १२.६४ रुपैयाँ नाफा, हवाई इन्धन (बाह्य तर्फ) ६४.६९ रुपैयाँ नाफा र एलपी ग्यास प्रतिसिलिण्डर १०५०.१८ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्