ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति



काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट सहमति पाएको छ । कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयरको सार्वजनिक निष्काशनको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेकोमा आयोगले चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले कुल चुक्तापुँजी ७० करोड ६९ लाख को १ः१.५ को अनुपातमा १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति माग्नु पर्नेछ । कम्पनीले अव १ ः १ दशमलव ५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्