१३ श्रावण २०८३, बुधबार

बालेन शाहले १७०३१ मत ल्याउदा स्थापित ८८७६ मतमा सिमित



काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् ।

स्वतन्त्र उम्मेदवार साह १७ हजार ३१ मतसहित अग्र स्थानमा छन् । एमाले उम्मेदवार केशव स्थापितले हालसम्म ८ हजार ८७६ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत ल्याएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले अहिलेसम्म १५ हजार ६७४ मत सहित अग्र स्थानमा रहेछि छन् । उनलाई रामेश्वर श्रेष्ठले ५ हजार १५ मत सहित पछ्याइरहेका छन् ।