चुनाव लगत्तै देउवा सरकारले बढायाे पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रति सिलिण्डर २०० र पेट्रोल लिटरमै १० रुपैयाँ बढ्याे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनाव लगत्तै देउवा सरकारले बढायाे पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रति सिलिण्डर २०० र पेट्रोल लिटरमै १० रुपैयाँ बढ्याे



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो ।

निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेर पेट्रोलको मूल्य १८० पुर्याएको छ । त्यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासमा २ सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्याइएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्