१० श्रावण २०८३, आइतबार

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट, यसरि हेर्न सकिन्छ नतिजा



काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावितको लागि बैशाख १३ गतेदेखि जेड ५ गतेसम्म चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविक भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

तोकिएको अवधिमा प्राप्त आवेदन बाँडफाँट सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ७ लाख ५६ हजार ४२० कित्ता साधारण शेयरहरु जेठ १२ गते बिहिबार बाँडफाँट गरेको हो ।

उक्त आईपिओ सम्बन्धी नतिजा शेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट www.siddharthacapital.com मार्फत हेर्न सकिन्छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्